नेपालमा पहिलो पटक यार्सागुम्बासम्बन्धी अध्ययन शुरु


ललितपुर, ६ माघ ।
नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले तीन वैज्ञानिकको टोली बनाएर यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धान सुरु गरेको हो ।

टोलीले अध्ययनपछि तयार पारेको प्रतिवेदनको निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताउनुभयो ।

हचुवाको भरमा अहिले यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भन्ने गरिएको भन्दै उहाँले अनुसन्धान गरेपछि नै ठोसरुपमा भन्न सकिने बताउनु भयो ।

विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनमा त्यस क्षेत्रमा यार्सागुम्बाले आर्थिक क्रियाकलाप बढाएको उल्लेख छ ।
वर्षेनी यार्सागुम्बा टिप्ने समयमा विद्यालय र गाउँ नै सुनसान हुने गरेको छ ।
टोलीले यार्सागुम्बाको अुसन्धानका साथै बालबालिकाको अध्ययनमा असर नपु¥याउन अभिभावकलाई सम्झाउनेसमेत योजना छ ।

विश्वमा पाइने ५४० प्रजातिमध्ये नेपालमा १७ प्रजातिका यार्सागुम्बा पाइन्छ । ओफियोकोर्डिसेप्स साइनेन्सिस जातको यार्सागुम्बा नेपालमा मात्रै पाइन्छ ।

नेपालका २७ हिमाली र पहाडी जिल्लाका चौँरीखर्क र घाँसे मैदानमा यार्सागुम्बा पाइन्छ । डोल्पा र दार्चुलासँगै संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायत जिल्लामा व्यावसायिक रुपमा यार्सा संकलन हुने गरेको छ ।

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter