एमाले र माओवादीबीच पार्टी एकिकरणबारे ओली र प्रचण्डबीच आजपनि छलफल हुदै


काठमाडौ ६ माघ ।
पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेको नेकपा एमाले र माओवादी केन्द्रबिच आजपनि छलफल हुँदैछ । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै दलका शिर्ष नेताबीच छलफलको तयारी भएको हो ।

दुवै पार्टीका शिर्ष नेताको जिम्मेवारी बाँडफाँट तथा पार्टी एकताको खाका तयार गर्न एमाले र माओवादी केन्द्र सम्मिलिति संयुक्त कार्यदलको बैठक भोली बस्ने तयारी भएको छ ।

कार्यदलको बैठक अघि आज एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गरि सहमतीको बिन्दु खोज्न लागीएको हो । दुई अध्यक्षबीचको सहमतीलाई भोली बस्ने कार्यदलको बैठकले अनुमोदन गर्ने नेताहरुले जनाएका छन् ।
यसअघि हिजो पनि ओली र प्रचण्डबिच पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमति भएको थियो ।

आजको बैठकमा आज प्रदेश सरकारको प्रारम्भिक खाकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठक अपरान्ह बस्ने भनिएपनि समय र स्थान तय भइनसकेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको छ । निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्ने तयारी छ ।

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया