मिनाले खाेलीन् मुख : यस्ताे छ मनाेज गजुरेलसँग सम्बन्ध बिच्छेद गर्नुकाे कारण


काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि पहिलो पटक मिना ढकाल मिडियामा अाएकी छन् । हाँस्यकलाकार मनोज गजुरेलकी पूर्व पत्नीले मनोजबारे मुख खोलेकी छन् । उनले अाफूले मनोजलाई २०४९ सालतिर अारअार क्याम्पसमा भएको स्वयुवि चुनावको बेला चिनजान भएको बताएकी छन् ।

मिनाले मनोज सुरुमै राजनीतिमा भन्दापनि कलाकारितामै फिट देखिने गरेको बताएकी छन् । विवाहपछि पत्‍नीको हैसियतमा अाफूले सहयोग गरेको बताइन् । मिनाले अाफूले सहयोग गरेपनि मनोज अाफ्नै संघर्ष र क्षमताको कारण लोकप्रिय भएको समेत बताएकी छन् ।

”विवाहहपछि पत्निको हैसियतले मनोजलाई स्थापित गर्न पक्कै सपोर्ट भयो होला, त्यो सहायक हो । मुख्यत: मनोजको आफ्नै संघर्ष र क्षमताले उनलाई लोकप्रिय कलाकार बनाएको हो” मिनाले भनिन् । उनले मनोजको घमण्डलाई मान्‍न नसकिने बताएकी छन् । ”यहाँ त यस्तो घमण्ड उजागर भयो कि मनोजलाई जन्माएको चाहीं मैले होइन, अरू सबै मैले गर्दा बनेको हो । यो कुरालाई स्वीकार गर्न सकिन्न” मिनाले भनेकी छन् ।

दम्पत्तिमध्ये उमेर, योग्यता, क्षमता र सामाजिक हैसियत जसको अगाडि छ उसैलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्ने र उपलव्धीलाई सामूहिकरुपमा ग्रहण गर्ने संस्कारको कुरामा मनोजमा अभाव देखिएको बताएकी छन् । यस्तो संस्कार र परम्परामा नहुर्किएका आत्मकेन्द्रितहरू आफ्नै हिसावकिताव राख्नमा व्यस्त रहेन गरेको बताउँदै मनोज त्यस्तो संस्कार र परम्परामा नहुर्किएको अारोप लगाएकी छन् ।

”हिसावकितावको नाफा खोजेको बताउँदै यसरी हिसावकिताव राखेर नाफा खोज्नेहरूको माया प्लास्टिकको फुलको सुभाष जस्तो हुन्छ” मिनाले भनिन् । उनले अन्तस्करणदेखि माया, सम्मान र सहकार्य नहुने भन्दै छुट्टिएकै राम्रो भएको बताएकी छन् ।

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया