माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने


काठमाडौँ, ५ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली बैंककबाट स्वास्थ्य उपचार गरी फर्केपछि पहिलो पटक भएको भेटमा दुई नेताबीच राष्ट्रिय सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको बताईएको छ ।

ओली निवास बालकोटमा करिब ३ घण्टा भएको भेटमा ३ ओटा बुधामा केन्द्रित भएर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार एकता कार्यदलले राष्ट्रिय सभा गठनका विषयमा दिएको प्रतिवेदनमा आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय पनि भएको छ ।

यस्तै, प्रदेश सरकार गठनका विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।

पाटी एकतालई अन्तिम रुप दिनका लागि भोलि पुनः दुई अध्यक्षबीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने सहमती भएको प्रेस संयोजक अधिकारीले बताउनु भयो । यस्तै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको जनाइएको छ ।

शुक्र, माघ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार