कुष्ठरोग निवारण अभियान आजदेखि शुरु हुदै


काठमाडौ ५ माघ ।
सरकारले कुष्ठरोग अति प्रभावित चार जिल्लामा कुष्ठरोग निवारण अभियान आजदेखि शुरु गर्दैछ । कैलाली, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सो अभियान सुरु गर्न लागिएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अभियान अन्तर्गत तालिम प्राप्त स्वास्थ्य स्वय्मसेविका घर–घरमा गई नयाँ कुष्ठरोग प्रभावित व्यक्तिको खोजी गर्ने, जनप्रनिधिलाई कुष्ठरोगबारे जानकारी दिने तथा जनचेतनाका विभिन्न कार्यक्रम गरिने महाशाखाका निर्देशक मोहम्मद दाउदले बताउनुभयो ।

सो क्रममा कुनै व्यक्तिमा कुष्ठरोग भेटिए निस्शुल्क उपचार गरिनेछ । अन्य प्रभावित जिल्लामा पनि चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको दाउदले बताउनुभयो ।

महाशाखाका अनुसार मुलुकभर हाल कुष्ठरोग प्रभावित २२ जिल्ला छन् । जसमध्ये धनुषा, रौतहट, सर्लाही, कपिलवस्तु, रुपन्देही, कैलाली, अछाम लगायत १८ जिल्लालाई बढी प्रभावित हुन् ।

गतवर्ष ५ हजार ९ सय २२ जना कुष्ठरोगी भेटिएकोमा ३ हजार ४० जना रोगमुक्त भएका थिए । २ हजार ६ सय २६ जना भने हाल उपचाररत रहेको महाशाखाको तथ्याङ्क छ ।

शुक्र, माघ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार