अबदेखिको भेटघाट , प्रचण्डले बोलाए खुमलटार आफै गए पेरिसडाँडा


काठमाडौँ ४, माघ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएको छ ।

दाहालका प्रेस संयोजक मनोहरी तिमिल्सिनाका अनुसार भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाट कार्यक्रम पार्टी कार्यालयबाट गर्न लागिएको हो ।

सचिवालयलाई उदृत गर्दै दिइएको जानकारी अनुसार दाहालले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटारस्थित निवासमा भेट्न पाउने छैनन् ।

पार्टी कार्यालयबाटै भेटघाट गर्दा समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले सचिवालयसंगको परामर्शमा उक्त निर्णय लिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बिहि, माघ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार