उत्तर र दक्षिण कोरियाले एउटै झन्डामा मार्चपास गर्ने


एजेन्सी ४ माघ ।
दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् ।

पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ ।

दक्षिण कोरियाको प्योङचाङमा आगामी फेब्रुअरी ९ देखी २७ सम्म ओलम्पिक आयोजना हुंदैछ । दुई मुलुकबीच दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो ।

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला दुई कोरियाबीच चिसिएको सम्बन्ध पछिल्लो समय सुधारिदै गएको छ ।

बिहि, माघ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार