मन्त्रीले भन्दा धेरै सहयोग सेनाका पुर्व हवल्दारले दिए मृगौला पीडित खेलाडी कुवँरलाई


अहिले चर्चा छ दलका नेताहरुलाई पखाला लाग्दा पनि विदेश उपचारमा जाने ? भनेर । तर यहाँ राष्ट्रका प्रतिभाहरु समेत विरामी हुदा उपचार गर्न मुस्किल परीरहेको छ ।
यस्तै पीडा भोगीरहेका छन् धनकुटाका कुस्ती खेलाडी शिब कुवँरले । उनी २२ वर्षकै उमेरमा दुवै मृगौला फेल भए पछि बाच्छु भन्ने आशै मारेर बसिरहेका थिए ।
तर विस्तारै सहयोगी हात बढ्दै रकम उठेर उपचारमा सहज हुन थाले पछि बाचेर देशका लागि केही गर्ने आशा पलाएको बताउन थालेका छन् ।
उनको उपचारका लागि सहयोग जुटाउन बुधबार राष्ट्रिय नाचघरमा बृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा धनकुटाकै उद्योग मन्त्री सुनील बहादुर थापाले उपचारका लागि आफ्नो तर्फबाट रु ५० हजार सहयोगको घोषणा गरे । सहभागीले ताली बजाए ।
त्यसको केही बेर पछि युट्युबमा कुवरको पीडा देखेका नेपाली सेनाका पुर्व हवल्दार दोलखाका नेत्र बहादुर बस्नेतले ६ महिनाको पेन्सन बराबर ६० हजार रुपैया प्रदान गरे पछि अझ ताली धेरै बज्यो ।
ईमाडोलमा बस्ने ती बस्नेले युवा उमेरमै मृगोला फेल भएको खेलाडीको अवस्था देखे पछि उनलाई बचाउन आफूले सहयोग गरेको बताए ।
कार्यक्रममा अन्य तिरबाट प्राप्त सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

बिहि, पुस २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य फिचर न्युज समाचार

Like us On Facebook

Follow Us On Twitter