एसिसी यु–१६ क्रिकेट समेफाइनलमा आज नेपालले मलेसियासँग खेल्दै


काठमाडौं, पुस १ ।
एसिसी अण्डर १६ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।

थाइल्याण्डमा जारीे प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

शनि, पुस १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया