दुहवी गोल्डकप फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फाईनल प्रवेश


काठमाडौं मंसिर २८ । सुनसरीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो सेमिफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मीले रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै फाईनलमा प्रवेस गरेको छ ।

दुहवी रंगशालामा दिउसो साढे २ बजेबाट सुरु भएको खेलमा नवयुग श्रेष्ठको २ तथा प्रिन्स कार्की र दिप लामाको समान १ गोल संगै आर्मीले जित सुनिश्चित गरेको हो ।

आजको खेलका म्यान अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठले ५०,हजार रुपैया पाएका छन् ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज काठमाडौलाई पराजित गर्दै मनाङ मस्र्याङ मस्र्याङदी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मनाङसँग चर्च ब्वाइज १–० ले पराजित भएको हो ।

अब उपाधिका लागि आर्मी र मनाङ मस्र्याङ्दी बिच पुस १ गते प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् भने उपविजेता टोलीले २ लाख नगद पुरस्कार हात पार्नेछन् ।

बिहि, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया