एसीसी यु–१६ क्रिकेटमा नेपाल समुह विजेता बन्दै सेमिफाईनल प्रवेश


काठमाडौं ,मंसिर २८,
एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणका तीनै खेलमा जित हात पारेको नेपाल समूह विजेता बनेको छ ।

आज नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५० रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रीत गौतमले शतक प्रहार गर्दा तृतराज दास र प्रतिस जिसीले शानदार अर्धशतक बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको म्यानमारले १२ औं ओभरमा सबै १० विकेट गुमायो । नेपालका लागि नारायण जोशी र मेख थापाले ४र४ विकेट लिए । नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

बिहि, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया