प्रभु लाइफ इन्स्योरेन्सले ४० करोडको शेयर जारि गर्दै


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुरु गर्दै आफ्नो चुक्ता पुँजी पुर्याउन उक्त शेयर जारी गर्ने जानकारी दिएको हो ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सञ्चालनमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।

कारोबारको औचारिक रुपमा शुरु गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाइले बीमा क्षेत्रको बजार नेपालमा धेरै भएकाले सबै बीमा कम्पनीले बजार विस्तारमा डटेर लाग्न सुझाव दिनुभयो ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनल जीवन बीमा बजारमा केही नयाँ गर्न आएको जानकारी दिदैँ जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित यो सन्चालनमा आएको बताउनु भयो ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई अब गाउँ–गाउँसम्म फैलाउने र बजारमा नयाँ आयाम थप्ने दाबी गर्नुभयो । त्यस्तैगरि सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने दावी गर्नुभयो ।

बिहि, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया