सर्लाहीमा चुनावमा भएको हार–जितको विषयले झडप, प्रहरीद्वारा ४ राउन्ड हवाईफायर


सर्लाही, मंसिर २७ । सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनामा चुनावी परिणामको विषयलाई लिएर नेपाली कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

मंगलबार साँझ भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् ।

चुनावमा भएको हार–जितका विषयमा दुई पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको इलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी पुगेर ४ राउन्ड हवाईफायर गरी स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए ।

सर्लाही क्षेत्र नम्बर–४ मा पर्ने त्यस क्षेत्रबाट नेपाली कांगे्रसका उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बुध, मंसिर २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter