
काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको हो ।
वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसले २३ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
घोषित अन्तिम परिणाममा सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।
निर्वाचन आयोगले बुधबार अपरान्ह विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना कार्य समाप्त भइसकेको जनाएको छ ।
बुध, मंसिर २७, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको