जोगिएला गच्छेदारको सुनसरी सत्ता ?


जसरी शेर बहादुर देउवाले निरन्तर डडेलधुरामा आफ्नो चुनावी सत्ता जोगाएका छन् त्यसै गरी आफ्नो सुनसरी ३ को चुनावी सत्ता जोगाउने ध्याउन्नमा विजय गच्छेदार लागी परेका छन् ।
ताजा मत परिणामा ३ सय हाराहारी मतले पछि परेका गच्छेदार यस अघि निकै अन्तरले पछि थिए । करीब २० हजार मत गन्न बाकी छ । उनलाई यस पटक पनि कडा टक्कर दिईरहेकी छिन् भगवती चौधरीले ।
गच्छेदार धेरै पटक मन्त्री भए । अहिले पनि उपप्रधानमन्त्री छन् भने सुनसरी दुहवी उनको गढ हो । उनले ५ पटक सम्म यसै क्षेत्रबाट चुनाव जीतेका छन् । पार्टी फुटेर जादा समेत ७० सालमा चुनाव जीतेका उनलाई अहिले काग्रेसमा फर्किए पछि सजिलो भएको अनुमान गरिए पनि भगवतीले डेन्जर जोनमा पुर्याएकी छन् । मत गन्दा गन्दै २० रुपैयाको नोट फेला परे पछि षड्यन्त्रको आशकामा अहिले एमालेको विरोधका कारण मत गणना स्थगित भएको छ ।
भगवती फरवार्ड माईक्रो फाईनान्स मार्फत क्रृण लगानी गरेर चम्किएकी छन् भने गच्छेदार विरासत र सम्बन्धले जित्छु भन्नेमा छन् । तर अब मत परिणाम आउन बाकीँ क्षेत्र मध्य सबै भन्दा रोचक बनेको छ सुनसरी ३ ।

सोम, मंसिर २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार