प्रेमले जोगाए नेमकिपाको शाख भक्तपुरमा


५ मंसिर, भक्तपुर ।  नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले छाडेको भक्तपुरमा एस पटक प्रेम सुवालले जितेर नेमकिपा र नारायणमान बिजुक्छेको साख जोगाएका छन् । भक्तपुर १ नेमकिपाको किल्लाको रुपमा रहेको छ  क्षेत्र नेमकिपाको गढ नै हो ।

 सुवाल पार्टी अध्यक्ष विजुक्छेको विरासत जोगाउन सफल भएका छन् । उनी १५ हजार बढी मतान्तरले विजयी भएका छन् ।

सुवालले ३३ हजार ०७६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवगार माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत पाएका छन् ।

 

सोम, मंसिर २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया