एमाले-माकेको गठबन्धन टुट्‍यो ! एकले अर्कालाई हराउने सार्वजनिक रुपमा घोषणा


१९ मंसिर,सल्यान । निर्वाचनको मौन अवधि सुरु भएको छ । चुनावको कुनै प्रचार प्रसार गर्न नपाइने अवधि हो यो तर भित्रभित्रै हुने खेल भने जारी रहन्छ ।जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रका चुनावी गठबन्धन टुटेको छ । माओवादीका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतलाई एमालेका प्रदेस सभाका (क) उम्मेदवार गुलावजंग शाह हराउने भन्दै मतदाताको घरदैलोमा पुगेका छन् । चुनाव प्रचारको अन्तिम दिन सोमबार अलग अलग कार्यक्रम गरेका थिए । उनले माओवादी केन्द्रसँगको गठबन्धन टुटेको समेत बताएका छन् ।

माओवादी केन्द्रको आन्तरिक विवादका कारण जिल्लामा सुरुदेखि नै गठबन्धनमा किचलो हुँदै आएको थियो । माकेको जिल्ला पार्टीले तोकेको उम्मेदवारीप्रति असहमति जनाउँदै बैठकबाटै निर्णय गरेर प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्रको विवाद चर्किदै एकले अर्कालाइ कारवाही गर्ने तहसम्म पुगेको थियो । जिल्ला पार्टीले केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न केन्द्र र प्रदेशमा सिफासिर गरेको छ । त्यसैगरी बस्नेत समूहले पनि जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई कारवाही गरेको भन्दै अर्कोलाई तोकेको थियो ।

माओवादी केन्द्रले आन्तरिक विवादको व्यवस्थापन गर्न नसक्दा गठबन्धनमा नै असर परेको छ । एमाले उम्मेदवारहरुबीच पनि राम्रो सम्बन्ध छैन ।

प्रदेश सभा अन्तरगत (ख) का उम्मेदवार प्रकाश ज्वाला बागीले माओवादी केन्द्रका बागी उम्मेदवारहरुसँग भित्रभित्रै तालमेल गरेका छन् । त्यो थाहा पाएपछि एमालेका अर्का उम्मेदवा शाह आक्रोसित भएका छन् । नेता ज्वालालाई समर्थन गर्ने भन्दै माओवादी केन्द्रका बागी उम्मेदवार जितबहादुर पुन पछी हटिसकेका छन् । ज्वालाको समूहले प्रदेशको ख मा भीमप्रकाश शर्मालाई सहयोग गर्ने सहमति भएको छ ।

यो सहमतिसँगै जिल्लामा एमाले–माओवादी केन्द्रको गठबन्धन भाडिएको छ । आधाकारिक उम्मेदवार बस्नेतलाई एमाले उम्मेदवार शाहले सहयोग नगर्ने सार्वजकिन रुपमै बताइसकेका छन् ।डवलीअनलाइबाट

मङ्ल, मंसिर १९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter