निर्वाचन कार्यालयको गेटमा बम, प्रहरी घटनास्थमा


७ मंसिर,नुवाकोट । निर्वाचनको मिति नजिकिँदै जाँदा ठाउँठाउँमा बम विस्फोटका घटना पनि बढ्‍न थालेका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि बम भेटिएको छ । कार्यालयको गेट नजिकै बम भेटिएपछि कर्मचारी र स्थानीयले खबर गरेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बम निष्कृय पार्ने तयारी गरेको बताइएको छ ।

बम भेटिएपछि मुख्य सडक अवरुद्ध भएको छ । बम कस्ले किन किन राखेको भन्ने बारे खुलिसकेको छैन् ।

यसअघि अाजै मात्रै कालिकोटमा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गरिरहँदा बम विस्फोट भएको छ ।

यस्तै दाेलखामा पनि चुनावी सभामा पनि बम भेटिएकाे थियाे ।

 

बिहि, मंसिर ७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter