भोली (शुक्रवार)को नेपाल बन्द हाम्रो पार्टीले गरेको हैन तर नैतिक समर्थन छ : नेकपा


काठमाण्डौ ,७ मंसिर
नेपाल कम्युनिस्ट पार्टीले भोलि (शुक्रबार) को नेपाल बन्द आफ्नो पार्टीले नगरेकोस्पष्ट पारेको छ ।
नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।
नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको बताउनु भयो ।
‘हाम्रो पार्टीको कथित संसदीय चुनाव खारेजी अभियान निरन्तर जारी रहेको कुरा सबैमा जगजाहेर नै छ तर मंसिर ८ गतेको नेपाल बन्द कार्यक्रम हाम्रो पार्टीको नभएको स्पष्ट पार्दछौं’ पुनले भन्नुभयो ।
नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन्ने सूचना पार्टीमा आएको भन्दै चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको पुनले बताउनु भयो ।
पूर्व जनमुक्ति सेना नेपालले भने भोली नेपाल बन्दको यसअघि नै घोषणा गरेको थियो ।

बिहि, मंसिर ७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter