उदयपुरमा सन्चालीत अबैध क्रसरमाथि नेकपाको कार्वाहि , मेयरकै संलग्नताका अबैध धन्दा !


उदयपुर ,२ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले सो क्षेत्रमा अबैध रुपमा संचालन हुँदै आएका क्रसर माथी कार्बाही गरेको छ ।उदयपुर,कटारी नगरपालिका वाड न ४ तावा खोलाको बिच भागमा क्रसर राखी ढुङ्गा गिट्टीको अबैध कारोबार गर्दै आएका क्रसरमाथि नेकपा उदयपुरले कार्वाहि गरेको हो ।
ककुरखोलामा निर्माणाधीन पुलको लागि भन्दै खोलाबीचमा क्रसर राखेर गिट्टि बालुवा निकालेपनि अबैध गिट्टी ब्यापार गर्दै आएको जनगुनासो आएपछि चेतावनी स्वरुप कार्वाहि गरिएको जनाईएको छ ।
पछिल्लो समयमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ काजीकै प्रत्यक्ष संरक्षण मा कारोबार भएको स्थानीयले गुनासो गरेका छन् ।
कटारी नगरपालिका र आसपासका सडक निर्माणमा मेयर कै सिफारिसमा हुवानी गरिने र सो बापत मेयरले कमिसन खादैँ आएको अनुसन्धानबाट खुलेपछि कार्वाहि गरिएको नेकपा उदयपुरले जनाएको छ । राजनैतिक पार्टी का नेता र केही स्थानीय नेता को आदेश मा ब्यक्ति हरु का घर निर्माण मा पनि गिट्टी दुवानी गरेको स्रोत बताउछ । अबैध रुपमा ढुङ्गा गिट्टी को कारोबार हुनु र त्यसमा मेयरकै संलग्नता रहदा पनि स्थानीय प्रशासन मौन हुनु आश्चर्यजनक रहेको नेकपाको भनाई छ ।
ढुङ्गा गिट्टीको अबैध कारोबारले कटारी नगरपालिका लाई लाखौ रुपैया कर छली भएको छ भने अर्को तिर प्राकृतिक श्रोत दोहन भएको छ ।
यसरी अबैध ढुङ्गा गिट्टीको कारोबार नगर्न चेतावनी स्वरुप कार्बाही गरिएको र सजक नभए थप कार्वाहि गरिने पनि नेकपा उदयपुरले चेतावनी दिएको छ ।

शनि, मंसिर २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter