ऐतिहासि स्थल सिन्धुलीगढीको २५० औ विजयउत्सव भव्य रुपमा सम्पन्न


रुद्र बहादुर खड्का /सिन्धुली ,कात्तिक २४।
तत्कालीन अग्रेज सेनालाई पराजय गरेको ऐतिहासि स्थल सिन्धुलीगढीको २५० औ विजयउत्सव भव्य रुपमा मनाइको छ । कमलामाई नगरपालिकाको अगुवाईमा आज सिन्धुलीगढीमा भव्य रुपमा विजयउत्सव सम्पन्न भएको हो । विजयउत्ववलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि राष्टपति विद्यादेवि भण्डारीले नेपालको अखण्डता, स्वाधिनता र सार्वभौमसत्ता रक्षा गर्न सिन्धुलीका जनताले खेलेको भूमिका अतुलनिय रहेको बताउनुभयो । नेपालको एकिकरण अभियानलाई अगाडी बढाउन विर गोर्खाली महत्वपूर्ण योगदान दिएको भन्दै सिन्धुलीगढी संरक्षण गर्नु आवश्यक रहेको बताउभयो । नेपालको गौरवगाथालाई उजागर गर्न सृजित संगित कला र साहित्यले नेपालको लोक सस्कृतिमा समेत महत्वपर््ुा स्थान ओगटेको उहाँले बताउनुभयो ।
ऐतिहासिक तथा पुरातात्विक महत्वका सिन्धुलीगढी दरबार, गढी किल्ला र सम्पदाले सम्पन्न दरवारगढी किल्ला र सम्पदाले सम्पन्न सिन्धुली देशको महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो ।
वर्तमान समयमा पूर्वी पहाड र तराइलाई छोटो दूरीमा राजधानीसंग जोड्ने विपि राजमार्गले ऐतिहासिक सिनधुलीको मत्वलाई थप प्रष्टाएको बताउभयो । अत्याधिक सवारी साधनको चाप रहेको सडको निर्माण गरि वढ्दो सहरिकरण र आर्थिक तथा व्यपारिक उन्नतिका अवसरलाई सदुपयो गर्नु आयक रहेको बताउनुभयो ।


सुशासनको मर्मअनुसार सिन्धुलीको विकासका लागि सरोकारवालाहरुले एथेष्ट ध्यान पुग्नु आवश्यक रहेको बताउनुभयो ।
संंविधानमा निदिृष्ट भए अनुसार संघिय संसद र प्रदेश स्तरका लागि निकट भविष्यमा हुन लागेको निर्वाचनमा सक्रिय सहयोगको अपेक्ष गरेको बताउनुभयो । निर्वाचनको सफल भएमा देशको विकास र आम जनताको जिवनस्तरमा परिवर्तन आउने बताउनुभयो ।


त्यहि सम्झनामा प्रत्यक बर्षे मनाउदै आएको विजयउत्सव यस वर्ष भने भव्य रुपमा मनाइने कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । गत १३ गतेदेखि नै विभिन्न कार्यक्रम भइरहेको उहाँको भनाई छ ।

 

शुक्र, कार्तिक २४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य फिचर न्युज समाचार