नेपाल कम्युनिष्ट पार्टीले खुल्ला मञ्चबाट बिशेष कार्यक्रम घोषणा गर्दै , अक्टोबर सतवार्षिकीको तयारी पुरा


काठमाडौं , ६ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टीले आगामि कार्तिक आठ गते आयोजना गर्न लागेको ‘अक्टोवर क्रान्ति सतवार्षिकी समारोह’ को तयारी पुरा भएको जनाएको छ ।

पार्टीका प्रवत्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले स् ८ गते खुला मञ्च, काठमाडौंमा हुने अक्टोवर क्रान्तिको सतवार्षिकीको अवसरमा आयोजना गर्ने जनसभा तथा जनप्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

उक्त जनसभालाई पार्टी महासचिव विप्लवले सम्बोधन गर्नुहुने छ । सोहि जनसभाबाट नेपाल कम्युनिष्ट पार्टीले पार्टीको बिशेष कार्यक्रमको घोषणा समेत गर्ने जनाईएको छ ।

जनसभा सुरु हुनुपूर्व बिहान ११ बजेदेखि काठमाण्डौको बबरमहल, लैनचौर र कालीमाटीबाट जुलुश निस्कने आयोजक समितिले जनाएको छ ।

जनसभा कार्यक्रम भने मध्यान्ह साढे १२ बजे सुरु हुने छ ।

सोम, कार्तिक ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया