भत्तपुरमा आगलागी , एक घाइते


भक्तपुर, ६ कात्तिक ।
मध्यपुरथिमिमा एउटा कोठामा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि नगरपालिका–६ भिमसेनस्थानस्थित एकघरमा भाडामा बस्दै आएका विदुर आले आगलागीमा परेर गम्भीर घाइते भएका छन् ।

उनको उपचार कीर्तिपुरस्थित वर्न सेन्टरमा भइरहेको महानगरीय प्रहरी वृत ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामान क्षति भएको छ । के कारणले आगलागी भयो र कति रकम बराबरको क्षति भयो भन्ने तथ्यांक आउन बाँकी रहेको प्रनाउ महर्जनले बताउनुभयो ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सोम, कार्तिक ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया