मतदान केन्द्र कब्जा गरेर मतपेटीका तिला नदीमा बगाउने नेता बने उम्मेदवार


जुम्ला , ५ कार्तिक ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको लागि बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गजेन्द्र महत कार्माले मनोनयन दर्ता गर्नुभएको छ ।

यस्तै प्रदेश सभाका लागि बाम गठबन्धनबाट जुम्ला निर्वाचन (क) बाट माओवादी केन्द्रका नरेश भण्डारी र (ख) सिंजा क्षेत्रबाट एमालेका पदमबहादुर रोकायाले मनोनयन दर्ता गरेका छन् ।
२०७० सालको संविधान सभाको निर्वाचनबाट माओवादी केन्द्रको प्रत्यक्ष तर्फको उम्मेदवार बनेका गजेन्द्र महत कार्मा र एमालेको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार पदम रोकाया दुवै जना कांग्रेसका उम्मेदवार ललितजंग शाही संग झिनो मतले पराजित भएका हुनुभएको थियो । जुम्ला निर्वाचन (क) बाट प्रदेश सभाका उम्मेदवार नरेश भण्डारी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बहुमतले विजयी हुनुभएको थियो ।
वुद्धिजिवि संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनताका मोहन वैद्य किरण निकट माओवादी पार्टी हुँदा निर्वाचन बहिष्कार समेत गर्नुभएको थियो । सोहि क्रममा २०७० को संविधान सभाको निर्वाचनका क्रममा झारज्वाला मतदान केन्द्रका दुई वटा मतदात केन्द्र कब्जामा लिएर मतपेटीका तिला नदीमा बगाउनुभएको थियो ।

त्यतिबेला उक्त मतदान केन्द्रका लागि पुन मतदान भएको थियो ।

यस्तै आजै कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि देवेन्द्रबहादुर शाहीले आफ्नो मनोनयन दर्ता गराउनुभएके छ ।

प्रदेश सभाको लागि कांग्रेस जुम्ला (क) बाट राजुसिंह कठायत र (ख) सिंजा क्षेत्रबाट भिमनिधि हमालले मनोनयन दर्ता गरेका गराउनु भयो । कांग्रेसका तिनै जना उम्मेदवार भने नयाँ अनुहार हुन् ।

 

आइत, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया