दीपक मनाङ्गेले दिए एमालेकै उम्मेदवार बिरुद्ध बागि उम्मेदवारी


लमजुङ , ५ कार्तिक ।

दीपक मनाङेले एमालेबाट टिकट नपाएपछि मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमाले जिल्ला कमिटी मनाङले सर्वसम्मत प्रदेश क्षेत्र नं. २ बाट सिफारिस गरेपनि केन्द्रीय कार्यालयले टिकट नदिएपछि मनाङे स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वास्तविक नाम राजीव गुरुङ रहेका दिपक मनाङगेले एमालेले टिकट नदिएपनि एमालेको झण्डा सहित एमालेका उम्मेदवारसंगै उम्मेदवारी दिन चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश दीपक ढकालले राजीव गुरुङको स्वतन्त्र उम्मेदवारी परेको र मनोनयन दर्ता भएको बताउनुभयो ।

उनी केही साताअघि राप्रपा जिल्ला कार्य समितिका सवै सदस्य सहित एमालेमा प्रवेश गरेका थिए । मुख्य निर्वाचन अधिकृत ढकालका अनुसार एमालेबाट प्रनिधिधि सभाका लागि पोल्देन छोपाङ गुरुङको मनोनयन दर्ता भएको छ ।

प्रदेश क्षेत्र नं. १ बाट दोर्जे डण्डुल गुरुङ र २ खाण्डा लामा गुरुङले एमालेबाट उम्मेदवारी दिएका छन् । कांग्रेसको मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

आइत, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया