गोरखा क्षेत्र नं. २ मा बाबुराम vs नारायणकाजी : कस्ले मार्ला बाजी ? यस्तो छ सम्भावना 


काठमाण्डौ , ४ कार्तिक ।

गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराई भिड्ने भएका छन् । आसन्न पहिलो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट श्रेष्ठ चुनावी मैदानमा उत्रदै हुनुहुन्छ भने नयाँ शक्ति नेपालका तर्फबाट भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ ।

बाबुरामलाई नेपाली काग्रेसले सहयोग गर्ने निर्णय भएको छ भने नारायणकाजीलाई एमालेले सघाउने छ ।

शनिवारको काग्रेस केन्द्रिय समिति बैठकले गोरखा क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बामगठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

निर्वाचनमा नेता भट्टराईले आफ्नै दलको आँखा चुनाव चिन्ह प्रयोग गर्ने वा रुख नै लिएर सहभागी हुने भन्ने बारे भने निर्णय गरिसक्नुभएके छैन ।

उक्त क्षेत्रमा बाबुराम र नारायणकाजीबिच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । सविधानसभाको दुई चुनावमा जितेको. र आफ्नो जन्मथलो पनि भएकाले भट्टराईले फेरि पनि गोरखा २ लाई नै रोजेका हुन् । त्यसमा पनि काग्रेसको साथ पाएकाले बाबुरामले नै जित हासिल गर्ने उहाँ निकट स्रोतको दाबी छ ।

उता बाबुरामको गृहजिल्ला भएता पनि नयाँ शक्ति पार्टीले गोरखामा एउटा स्थानीय तह पनि जितेन । सोहि नजिरका आधारमा पछिल्लो समय बाबुरामको लोकप्रियता कम भएको र एमालेको साथ पाएकाले नारायणकाजी विजयी हुनेमा माओवादी केन्द्र आशावादी छ , स्रोत भन्छ । श्रेष्ठ पनि गोरखाकै हुन् ।

अहिलेकै परिस्थितीमा बाबुराम र नारायणकाजीलाई एउटै चुनाव क्षेत्रमा भिड्नु जोखिमपूर्ण छ ।

स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ ।

तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि उहाँले पार्टीको संस्थागत भोटका साथै व्यक्तिगत भोटसमेत तान्न सक्ने अनुमान छ ।

तर संसदीय निर्वाचनमा साम ,दाम ,दण्ड ,भेद सबै प्रयोग हुने भएकाले पनि गोरखा २ का जनताले कस्लाई पत्याउलान त्यो त निर्वाचन पछि नै प्रष्ठ हुने स्थानीय बताउछन् ।

शनि, कार्तिक ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया