भाईटिकाको दिन ट्रक दुर्घटनामा परी १० जनाको मृत्यु, १२ घाइते


काठमाडौं, कात्तिक ४ । भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

मालबहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

महाराष्ट्रको राजधानी सहर मुम्बईदेखि ३६५ किलोमिटर टाढा पर्ने साङली जिल्लाको तासागौननजिकै दुर्घटना भएको बताइएको छ ।

मृत्यु भएका र घाइते भएका सबैजना दुर्घटना भएका बेला ट्रकमै सवार थिए । मालबहाक ट्रकमा यात्रा गर्ने चलन भारतमा सामान्य मानिन्छ ।

दुर्घटनलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरेको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारणकाबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

शनि, कार्तिक ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया