नेवार समुदायले मनाए म्हःपूजा


काठमाण्डौ , ३ कार्तिक ।

नेवार समुदायमा कात्तिक शुक्ल प्रतिपदाका दिन आज आफ्नो आत्मा (म्हः) पूजा गरी मनाएका छन् ।

कृषिप्रधान देशका जनताको शरीर बलियो बनाउने उद्देश्यले म्हः अर्थात् देह पूजाको प्रचलन शुरु भएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बताउनुहुन्छ । “आफूले आफैँलाई चिन्नका लागि यो पूजाको परम्परा बसेको हो, यसको शुरुआत् नेपाल संवत् शुरु हुनुभन्दा अघिदेखि नै भएको हो, नेपालमा मात्र आफूले आफैँलाई चिन अर्थात् आत्मज्ञान गर भन्ने दर्शन छ”, उहाँले भन्नुभयो ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने शास्त्रीय परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आत्मा सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

शुक्र, कार्तिक ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया