पाकिस्तानी चरमपन्थी नेता अमेरिकी ड्रोन हमलामा मारिए


एजेन्सी, कात्तिक ३ । अमेरिकी ड्रोन हमलामा पाकिस्तानका प्रभावशाली चरमपन्थी नेता ओमार खालिद खोरासानी मारिएका छन् ।

विश्वका कयौं राष्ट्रमा जमात अल अहार समूहको नाममा आतंकवादी गतिविधि गर्दैै आएका खोरसानी अमेरिकी ड्रोन विमानले अफगानिस्तानमा गरेको हमलामा मारिएका हुन् । उनीसँगै अन्य नौ जना चरमपन्थी पनि मारिएका छन् ।

उनकै नेतृत्वमा पाकिस्तानमा पछिल्लो समय शक्तिशाली बम बिस्फोट गराइएको बताइएको छ ।

अमेरिकी बिदेशमन्त्री रेक्स टिलर्सनको पाकिस्तान भ्रमण सकेलगत्तै अमेरिकाले ड्रोन हमलालाई तीब्रता दिएको हो । सोही समूहले गत वर्ष पाकिस्तानको लाहोरमा शक्तिशाली बम बिस्फोट गराई ७० जनाको ज्यान लिएको थियो ।

शुक्र, कार्तिक ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया