निर्वाचनलाई सबै मिलेर सफल पारौँ  : सञ्चारमन्त्री बस्नेत


भक्तपुर, १ कात्तिक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशमा पूर्ण रूपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी रहेको बताउनु भयो ।त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रूपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्नेमा उहाँको जोड छ । मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको चर्चा गर्दै “दलीय र व्यक्तिगत स्वार्थमा लागेर अब देशलाई अलमल्याउने काम नगर्न सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री बस्नेतले प्रतिशिोध साध्नकै लागि समेत गलत समाचार आउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै “केही अनलाइन बाहेक धेरैजसो अनलाइनमा बेथिति बढ्दै गएको र त्यसलाई रोक्न महासंघले बिशेष भूमिका खेल्नुपर्ने बताउनु भयो ।

बुध, कार्तिक १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया