कोरीयामा युद्ध भयो भने कति मानिस मारिन सक्छन् ?

सन् १९५३ को युद्दको पीडा सकिन नपाउदै कोरीयाली प्रायद्धीपमा अर्को भीषण युद्धको बादल मडारीएको छ । उत्तेजक र तल्लो स्तरको गालीगलौजमा विस्वकै महाशक्ति अमेरीका र सानो तर निडर मुलुक उत्तर कोरीयाबीच वाकयुद्ध चलिरहेको छ । डोनाल्ड ट्रम्प र किम जोगं उनका बीचमा ।
उमेरका दृष्टिले ३३ वर्षका उन र ७१ वर्षका ट्रम्पको भिन्नता बाउछोराको जस्तो छ । तर वाक युद्धको जुहारी हेर्दा दुवै नेता आलाकाचाको रुपमा देखिन्छ ।
एकातिर उत्तर कोरीयाले देशको रक्षाका लागि भन्दै लगातार लामो दुरीको क्षेप्यास्त्र र हाईड्रोजन बम सम्म परीक्षण गरेको छ भने अमेरीकाले उत्तर कोरीयालाई पूर्ण रुपले विनाश गर्ने भन्दै युद्धपोत र फाईटर जेट कोरीयाली प्रायद्धिपमा पठाएको छ । दुवै पक्षको यो सनसनीपूर्ण तयारीले युद्ध नजिक पुगेको देखिन्छ ।
यदी युद्ध भए कति मानिस मारिन्छन त ?
२५ जुन १९५० देखि २७ जुलाई १९५३ सम्म अर्थात तीन वर्ष एक महिना २ दिन चलेको युद्धमा अमेरीकी सेना मात्रै ३३ हजार मारिएका थिए । दशौं हजार दक्षिण कोरीयाली सेना र सर्वसाधरण गरी लाखौं कोरीयालीले ज्यान गुमाएका थिए भने उत्तरकोरीयाको सेना र जनता गरी करीब एक लाख मारिएका थिए । जति बेला उत्तर कोरीया आजको जस्तो आणविक शक्ति सम्पन्न थिएन ।
तर अब प्रश्न उठ्छ यदी युद्ध भयो भने हाल के होला ? यदी युद्ध भयो र त्यसले आणविक युद्धको रुप लियो भने बाकीँ विश्वले के गर्छ यी तमाम प्रश्नहरु छन् ।
अहिले दक्षिण कोरीया पूर्णतः अमेरीकी सेनाको सपोर्टमा मात्रै सुरक्षित देखिन्छ । यदी प्रायद्धीपमा युद्ध भए सबै भन्दा बढी मानवीय क्षति दक्षिण कोरीयामा हुने संभावना रहेको विष्लेषकहरु बताउछन् । उत्तर कोरीयामा बढी पहाडी भूभाग रहेको र त्यस्तो क्षेत्र युद्धका दृष्टिले सुरक्षित हुने र दक्षिण कोरीयाको सबै क्षेत्र उत्तर कोरीयाको आर्टिलरी फायर रेन्ज भित्र पर्ने भएकाले बढी क्षतिको आकंलन गरीएको छ ।
अमेरीकाले पेनिन्सुलामा ईराक, कुवेत या सिरीयाको तुलनामा मंहगो युद्ध लड्नु पर्ने छ । उसले अरबौ डलर खर्चेर मात्रै उत्तरसगँ लामो युद्ध लड्न सक्छ । उत्तर कोरीयाले आणविक हतियार सहित अमेरीकाको प्रमुख ७ शहर सम्म मार हान्ने क्षमताको क्षेप्यास्त्र परीक्षण गरीसकेको छ । यसले गर्दा अमेरीकाको गुआम र अन्य ठाँउमा पनि मानवीय क्षति हुन सक्छ । साथै यो युद्धले कोरीयामाथि उपनिवेश चलाएको जापान नचाहेर पनि समस्यामा फस्छ । उसको पनि ठूलो भुभाग र जनसंख्या यो युद्धको चपेटामा आउने छ । यस्तो अवस्थामा यो युद्धमा उसको संलग्नता जरुरी हुन्छ ।
आखिर यो समयमा उत्तर कोरीयाले साथ पाउने संभावना केबल चीन र रुसबाट मात्रै संभव छ । चीनले पनि हालैका दिनमा नाकाबन्दी गर्ने कुरामा सहमति जनाएको अवस्था छ । अमेरीकाले कुनै पनि बेला उत्तर कोरीया विरुद्ध हमला गरे चीनले के गर्छ ? जस्तो कि १९५० को युद्धमा चीनले स्वय आफ्नो सेना र प्रविधि उत्तर कोरीयामा पठाएको थियो । यसै गरी रुसले पनि उत्तर कोरीयाको मद्धत गर्न सक्ने छ ।
अहिले उत्तर कोरीयामा अमेरीकाले हमला गर्न नसक्ने तर्क रुसी विदेश मन्त्री सरगेई लेभरोभले राखेका छन् । तर वास्तवमा युद्ध भयो भने रुसको स्थिति के हुन्छ भन्न सकिन्न । तर यो युद्धले रुस र चीनलाई पनि प्रभावित पार्न सक्छ ।

उत्तर कोरीयाको फौजी स्थिति के छ ?
उत्तर कोरीया वास्तवमा नेपाल भन्दा सानो मुलुक हो । जनसंख्याका दृष्टिले पनि नेपालको भन्दा कम छ । तर उसले संसारकै महाशक्ति विरुद्ध किन यति धावा वोलीरहेको छ ? के अमेरीका विरुद्ध वास्तवमै युद्ध गर्न सक्षम छ उत्तर कोरीया ? यो पनि बहसको विषय हो । उत्तर कोरीयाको वास्तविक क्षमता जति नै भए पनि उसले मानसिक रुपमा युद्ध लड्ने तयारी गरेको देखिन्छ । करीब १० लाख एक्टीभ सेना रहेको यो देशले सबै जनतालाई अनिवार्य सैन्य तालिम मार्फत युद्धको निम्त तयार पारेको देखिन्छ । उत्तर कोरीयाले चौतर्फी नाकाबन्दी र घेराबन्दीका कारण उसलाई युद्ध गर या मरको स्थितिमा पुर्याएको छ । निश्चिय नै युद्धले मुलुकलाई थप धराशायी बनाउने निश्चित हुदा हुदै पनि उसले युद्ध एक मात्र विकल्पको रुपमा लिन थालेको छ । हवाई, स्थल र जल तीनै वटा क्षेत्रमा अत्याधुनिक सैन्य क्षमता र प्रविधि तयार पारेको उत्तर कोरीयासगँ आणविक तथा हाईड्रोजन बम पनि तयार भईसकेकाले उसको क्षमतालाई कम आक्न मिल्दैन ।
कथमकदाचीत यो बम अमेरीका या कुनै पनि भुभागमा खस्यो भने त्यसले के प्रभाव पार्ला सोच्नु आवस्यक छ । त्यसैले यो युद्ध थाल्नु भन्दा पहिले नै यसले कस्तो विनाश गर्ला भनेर ट्रम्प र किमले सोच्न जरुरी छ ।
अमेरीका चाहन्छ किमको हत्या ?
अमेरीका दक्षिण कोरीया गठबन्धन उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उनको अन्त्य गर्ने योजनामा रहेको केही सञ्चार माध्यमहरुमा टिप्पणी आउन थालेको छ । युद्ध भएमा सबै भन्दा पहिलो प्योगंयागमा आक्रमण गर्ने र शुरुमै राष्ट्रपति उनको हत्या गर्न सकियो भने युद्धमा छिटो बिजय हुन्छ भन्ने मानसिकतामा उनीहरु रहेको सुत्रहरुले दावी गरेका छन् ।

यदी हाईड्रोजन बम न्यूयोर्कमा खस्यो भने नि ?
अहिले कोरीयाली युद्धको पूर्व सन्ध्यामा देखिएको सबै भन्दा सनसनीपूर्ण कुरा के हो भने हाईड्रोजन बम विष्फोटको खतरा । यद्यपि, यस्तो बम उत्तर कोरीया बाहेक अमेरीका, रुस, चीन, भारत सहित ६ वटा मुलुकसगँ रहेको छ । एक्सप्रेस डट को डट युकेले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यदी एक सय ५० किलो टनको हाईड्रोजन बम न्यूयोर्कको सिटी हलमा खस्ने हो भने यसले एउटा आगोको गोला सिर्जना हुने र १.०९ वर्ग किलो मिटरमा रेडियस सहित फैलने अनुमान गरेको छ । यदी त्यसो भयो भने ३ लाख ८५ हजार ६ सय ६० मानिस मर्ने र ६ लाख ३२ हजार भन्दा बढी घाईते हुने अनुमान गरिएको छ ।

 

 

 

सोम, अशोज ९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार