डोनाल्ड ट्रम्पको धम्कि ‘कुक्कुरको भुकाई ‘ : उत्तर कोरिया


एजेन्सी , ५ असोज ।

उत्तर कोरीयाले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की कुक्कुरको भुकाई जस्तो भएको प्रतिक्रिया दिएको छ ।

उत्तर कोरियाका एक शीर्ष राजनयिकले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमरीकी राष्ट्रपति ट्रंप को भाषणलाई , कुक्कुरको भुकाई जस्तो भनेका छन् ।
बुधवार को संयुक्त राष्ट्र आम सभा मा ट्रंपले यदि उत्तर कोरिया, अमरीका या उसका सहयोगिका लागि ख़तरा पैदा गरे अमेरीकाले उत्तर कोरियाको पुरै बर्बाद गरिदिने धम्किी दिएका थिए ।

ट्रंपको सोहि धम्कीमाथि टिप्पडि गर्दै उत्तर कोरियाका तर्फबाट पहिलो पटक विदेश मंत्री री योंग होले त्यस्तो बताएका हुन् ।

अमरीकी प्रतिबंधको बिरोधमा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम र हथियार विकसित गर्ने कार्यक्रम जारी राखेको छ ।

विदेश मंत्री रीले न्यूयॉर्क मा संयुक्त राष्ट्र मुख्यालयको नजिक संवाददातासँगको प्रतिक्रियामा भने ट्रम्को धम्कि यस्तो हो कि कुक्कुर भुक्छ , कारवां अघि बढ्छ ।

बिहि, अशोज ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया