बाढीले भक्तपुर र ललितपुर सिमाकोको गोदावरी पुल भासियो, सवारी बन्द


 

भक्तपुर, २९ साउन । भीषण वर्षाका कारण भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ ।

वर्षाका कारण बालकोट हाइट, हनुमन्ते खोलामा आएको बाढीले आसपासका घर टहरा डुबाउनुका साथै धान र मकै खेती नष्ट भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टीकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिदा यातायात सेवासमेत ठप्प भएको छ ।

फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ । बाढीका कारण पुलको पश्चिमतर्फको केही भाग भासिएको थियो । बाढीले गोदावरी खोलाको दायाँबायाँतर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँच फिटसम्म पानी छिरेको छ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया