कांग्रेस सांसदको एक महिनाको तलव बाढी पीडितलाई दिइने

काठमाडौं , २९ साउन । नेपाली कांग्रेसले आफ्ना सांसदहरुको एक महिनाको तलव बाढी पहिरो पीडितलाई राहतस्वरुप उपलब्ध गराउने भएको छ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने   निर्णय गरेको हो। का‌‌ग्रेसबाट दुइ सय सात जना सा‌सद छन्। यस्तै पीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न पार्टी नेता एवम् कार्यकतालाई समेत निर्देशन दिएको छ।

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले उद्धार कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ती दिन समेत कांग्रेसले सरकारलाई भनेको छ।

यस्तै घरवारविहीन भएकाहरुको उचित बसोबासको व्यबस्था गर्न र उनीहरुलाई तत्काल राहतको व्यबस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...