मोदी जी मानवीयता देखाउँ, बाँधका ढोका खोल

२९ साउन,काठमाडौँ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले सीमा क्षेत्रमा भारतले बाँधेका बाँधका कारण नेपाली भूमि डुबानमा परेको भन्दै तत्काल सबै बाँधका ढोका खोल्न माग गरेको छ ।

संगठनका अध्यक्ष नरेश भण्डारीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालीले भोग्नु परिरहेको पीडाप्रति संवेदनशील हुँदै सीमा क्षेत्रका सबै बाँधका ढोका तत्काल खोलेर मानवीयता प्रर्दशन गर्न भारत सरकारसँग अनुरोध गर्दै सो का लागि गम्भीर पहल थाल्न नेपाल सरकारको ध्यानाकर्षण गरिन्छ ।”

माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको संगठनका अध्यक्ष भण्डारीले तत्कालिन र दिर्घकालिन योजना निर्माण गरेर उद्दार र राहत कार्यमा प्रभावकारी नेतृत्व गर्न सरकारसँग आग्रह गरेका छन् । उनले राहत र उद्दार कार्यमा जुट्न बुद्धिजीवीलाई अपील समेत गरेका छन् ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया