विश्वको ध्यान तान्न सफल किम पत्नी रि भने गुनाम : यी हुन् उत्तर कोरियाकी प्रथम महिला

एजेन्सी ,२९ साउन। पश्चिमा मुलुकहरुको चेतावनीका बाबजुत पटक पटक आणमि परिक्षण गरिरहेको उत्तर कोरीयाका सवोच्च्व नेता किम जोङ उनका बारेमा जानकारी नभएकाहरु सायदै कम होलान् तर उनकी पत्निका बारेमा धेरैलाई थाहाँ छैन ।

पुरै विश्वको ध्यान किम माथि परेका बेला उनकी पत्नी रि सोल–जु सार्वजनिक रुपमा पनि खासै बाहिर आएकी छैनन् । सबैले मायावी ठान्ने उत्तर कोरियाली प्रथम महिला तिस वर्ष पनि नपुगेको बताईन्छ ।

उनी पहिलोपटक आफ्नो पति किम जोङ उन सँग सन् २०१२ को ग्रिष्म ऋतुमा एक कार्यक्रममा उपस्थित भएको बेलामा मिडियामा देखिएकी थिइन् ।
त्यसै वर्षको जुलाईमा उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उनीहरुको विवाह भैसकेको भनेर पुष्टि गरेको थियो ।

धेरैले यो सोच्छन् कि उनीहरुको विवाह सन् २००९ मा नै भैसकेको थियो जब किम उनको पिता किम जोङ इल पछि सत्ताको बागडोर सम्हाल्ने तयारी गरिरहेका थिए ।

‘उत्तर कोरियाली दिवंगत सर्वोच्च नेता किम जोङ इलले सन् २००८ मा आफुलाई हृदयघात भएपछि आफ्नो कान्छो छोराको विवाह हतारमा गरेका थिए’ विश्लेषक चियोङ सियोङ चाङले भने ।

त्यहाँ त्यस्तो रिपोर्टहरु आएका थिए ‘किमले सन् २०१० मा आफ्नो बच्चलाई स्वागत पनि गरिसकेका थिए’ तर, यो अझै पुष्टी हुन सकेको छैन् कि रि बच्चाको आमा हुन कि होइनन् ।

‘रिसोल–जुले सन् २०१० मा उन्हासु आर्केस्ट्राको सदस्यको रुपमा स्टेजमा प्रस्तुती दिएकी थिइन् जब किम जोङ उन आफ्नो पहिलो बच्चाको पिता बनेका थिए’ दक्षिण कोरियाली चुसोन इल्बो अखबारले बेइजिङ स्थित कुटनीतिक स्रोतलाई उद्धृत गर्दै लेखेको थियो ।

उत्तर कोरियामा यो सोच्न पनि सकिँदैन कि एक सुत्केरी प्रथम महिलाले स्टेजमा प्रस्तुती दिइन् ।

सन् २०१२ को डिसेम्बरमा किम जोङ उनको स्मृति सभामा उपस्थीत हुँदा पेट ठूलो देखिएको थियो जसले उनी गर्भवती भएको स्पष्ट संकेत गरेको थियो ।

केही महिना पछि किमका साथी पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले यस्तो खुलासा गरेका थिए ‘उनले हालसालै छोरीलाई जन्म दिएकी छिन् र उनको नाम जु–आइ राखिएको छ ।’

गत वर्ष यस्तो पनि आशंका गरिएको थियो ‘श्रीमती रिलाई किमको परिवारले मन पराउन छाडेको छन्, त्यसै कारण उनी नौ महिनासम्म पनि सार्वजनिक कार्यक्रममा देखिइनन् ।’ यस्तोमा रि सोल(जुको पति किम जोङ उनकी बहिनी किम गो जोङ सँग मनमुटाव भएको पनि हुन सक्ने केहीले सोचेका थिए ।

यस बिचमा श्रीमती रिलाई पनि मृत्युद्धण्ड दिइएको हुन सक्ने आशंका हरु पनि उठेका थिए तर जब उनी आफ्नो पति सँग एयर कम्ब्याटको तालिम प्रतिस्पर्धामा सँगै देखिइन् यस्तो आशंकाहरु निवारण भए ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया