कोशी ब्यारेज भत्काउन विप्लवसँग माग !

२९ साउन,काठमाडौं । केही दिनको भिषण वर्षासँगै अाएको बाढी-पहिरोले देशका अधिकांश भाग प्रभावित भएका छन् । तराईमा बाढी त पहाडमा पहिरोले मानिसहरु अाक्रान्त भएका छन् ।

कतिखेर कसको र मृत्युको खबर अाउने हो भन्‍ने कुनै ठेगान छैन । सरकारी प्रयास प्रभावकारी हुन नसक्दा मानिसहरु चिन्ति बन्दै गएका छन् ।

मधेसका अधिकांश जिल्ला बाढीका कारण ९० प्रतिशत डुबानमा छन् । कता जाने भन्‍ने ठाउँ नै  छैन । मानिसहरु डुबिरहेको कोही घरमा छतमा बसेर उद्धारको लागि अाग्रह गरिरहेका छन् ।

अाइतबारका सामाजिक संजाल प्रयोगकर्ताहरुले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्‍लवलाई उद्धारको लागि पहल गर्न अाग्रह गरिरहेका छन्  । विप्लवले बाढी-पहिरो पीडितको उद्धारमा जुट्न पार्टीलाई शनिबार नै निर्देशन गरिसकेका थिए ।

सामाजिक संजाल फेसबुक र ट्वीटरमा कोशी ब्यारेज भत्काउन विप्लवसँग माग गरिएको छ । कोशी ब्यारेजले सप्तरी र सुनसरीको अवस्था देखेर उनीहरुले सो माग गरेका देखिन्छ ।

सरकारले भारतसँग कोशी ब्यारेजका ढोका खोल्न निन्याउरो भाषामा अाग्रह गरिरहँदा सामाजिक संजाल प्रयोगकर्ताहरुले बम हानेर भत्काउन विप्लवसँग अाग्रह गरेका छन् ।

सरकारले नेपालस्थित भारतीय दूतावासमार्फत गरेको अाग्रहलाई सुनेको छैन । कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत भन्दा पनि माथि पुगिसकेको छ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया