महान्यायाधिवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

काठमाडौं , २९ साउन ।

महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। आइतबार श्रेष्ठले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा स्वीकृत भइसकेको समेत बताइएको छ।

पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले महान्यायाधिवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करीब दुई महिनापछि मात्र राजीनामा दिएका हुन।

सरकार परिवर्तनसंगै महान्यायाधिवक्ताले पनि राजीनामा बुझाउने प्रचलन रहँदै आएको छ। अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया