देशभर बाढी पहिरो तथा डुबानका कारण मृत्यु हुनेको संख्य ४९ पुग्यो

काठमाडौ २९ साउन ।
तीन दिन यता देशभर बाढी, पहिरो तथा डुबानका कारण मृत्यु हुनेको संख्य ४९ पुगेको छ । यद्यपी यो संख्यालाई गृहमन्त्रालयले पुष्टी गर्न भने बाँकी छ । बाढी पहिरोका कारण सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण घरबार बिहिन भएका छन् ।

रौतहटमा ६, सुनसरीमा ९, मोरङमा ५, सिन्धुली ४ झापामा ४ सर्लाहीमा ३, पाँचथरमा ३, सुर्खेतमा ३, बाँकेमा ३, बारामा २, बर्दियामा २, दाङमा २, पाल्पामा १, धनुषामा १ र मकवानपुरमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मौसम सक्रिया भएसँगै जारी अविरल वर्षाका कारण पूर्वी तराई लगायत देशैभरको जनजीवन प्रभावित बनेको छ । वर्षा नरोकिएपछि तराई क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् ।

प्रभावित क्षेत्रमा विद्युत र सन्चार सेवा समेत प्रभावित बनेको छ । बढी डुबानमा परेका मध्ये झापा र रौतहटमा उद्धार कार्य समेत प्रभावकारी रुपमा अघि बढ्न नसकेको स्थानीयको गुनासो छ ।

वर्षासँगै बबाई नदीमा आएको बाढीका कारण बर्दियाको अधिकांश स्थान पनि डुबानमा परेको छ । तटीय क्षेत्रका करिब पाँच हजार घरपरिवार विस्थापित भएको छ भने केही बेपत्ता भएका छन् ।

विस्थापित परिवार विद्यालय, सरकारी कार्यलय लगायतका अश्रयस्थलमा ओत लागेर बसेका छन् । गुलारियास्थित पशुह्याटमा बनाएको तटबन्ध बगाएपछि कोठिय ठपुवा रत्नपूर बालापूर तुलसीपूर तडुवा लगायतका दर्जनौं गाउँ डुबानमा परेका छन् ।

 

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया