पूर्व–पश्चिम राजमार्गको दुधौरा पुल भासियो

निजगढ , २९ साउन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ ।

केहि दिनदेखि परेको अबिरल बर्षापछि आएको बाढीका कारण आज बिहान पुल भासिएको हो । पुल भासिएपछि ठूला सवारी बाटोमै रोकिएका छन् ।

तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो । यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

निजगढस्थित लालबकैया खोलाको ड्याम जंगलतिर पानी पस्न सुरु भएको छ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...