दातको दुखाई कम गर्ने र दातको किरा बाहिर निकाल्ने घरेलु उपाय

दातमा भएको किटाणु (किरा) बाहिर निकाल्ने उपाय
यदि तपाईको दात किराले खाएको छ भने आज हामी तपाईहरुलाई केहि घरेलु उपाय बताउन गैरहेका छौं जसको प्रयोगले तपाई आफनो दातमा भएको किटाणुलाई बाहिर निकाल्न सक्नुहुन्छ । त्यसको लागि तल दिएको सामाग्रीहरु आवश्यक पर्छ ।

लवांग को तेल 10 मिली लीटर

फिटकरी पाउडर 20 ग्राम

लवांगको तेल र फिटकिरीलाई राम्ररी मिश्रण गरेर एउटा पेस्ट तयार पार्नु होस । तयार भएको पेस्टलाई किराले खाएको दातमा १० मिनेट लगाएर छोड्नुहोस । १० मिनेट पछि सफा पानीले कुल्ला गर्नुहोस ,पानीको साथमा तपाईको दातमा भएको किरा बाहिर आउनेछ ।

दातको दुखाईबाट १ मिनेटमा राहत

यदि तपाईको दातको दुखाई एकदमै धेरै छ भने लवांगको तेललाई दुखेको ठाउमा लगाएर राम्ररी १ मिनेटसम्म मालिश गर्नुहोस ,एक मिनेट पछि दुखेको ठाउमा राहत पाउनु हुनेछ । यदि एक पटकमा तपाईको दुखाई कम भएन भने यस प्रक्रियालाई तिन चार पटक पनि अपनाउन सक्नुहुनेछ । हामीलाई आशा छ एक पटक मै तपाईको दुखाई कम हुनेछ तर भएन भने तीन चार पटकमा पक्का दुखाई कम हुनेछ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया