चिकित्सा शिक्षा विधेयक पारित , केसीले अनसन तोडेनन् : यस्तो छ रहस्य !

काठमाण्डौ , २८ साउन ।

चिकित्सा शिक्षा विधेयक पारित भएपनि डा. गोविन्द केसीले अनसन नछाडेपछि अन्यौल बढेको छ ।
माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार विद्येयक पारित नभएको र पारित भएको विद्येयकमा समेत गडबडी हुन सक्ने भन्दै डा. केसीले अनसन जारी राख्नुभएको छ ।

सरकारले चिकित्सा शिक्षा विद्येयक पारित भईसकेकाले अनसन त्याग्न डा. केसीलाई आग्रह गरपनि उहाँले आफ्ना माग विपरित विधेयक पारित भएको भन्दै तोड्न मान्नुभएको छैन ।

२० औं दिन अनसन जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । डा. केसीको अडानपछि हिजो राति भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेन ।

सरकारी पक्षले भने अव वार्ताको औचित्य नभएको भन्दै अनसन फिर्ता लिन डा. केसीलाई आग्रह गरेको छ । केसी पक्षका वार्ता टोली सदस्यले संसदमा प्रस्तुत हुने चिकित्सा शिक्षा विधेयकको मस्यौदाबारे विस्तृत अध्ययन गरेपछि मात्रै आधिकारिक प्रतिक्रिया दिने बताएको छ ।

यसअघि हिजो बसेको व्यवस्थापिका संसदको महिला, बालबालिका जेष्ठ नागरीक र समाज कल्याण समितिको बैठकले विधेयक पारित गरेको हो ।

यसैबीच डा. केसीको अनसन प्रति ऐक्यबद्धता जनाउँदै संघर्षमा उत्रिएका सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

मुलुकभरका सबै स्वास्थ्य निकायमा कार्यरत चिकित्सकको संघर्षका कारण उपचारका लागि आएका विरामी भने मर्कामा परेका छन् ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया