खतरनाक रेल दुर्घटना : ३६ जनाको ज्यान गयो , यसरी भयो रेलका डिब्बा धुजाधुजा

एजेन्सी २८ साउन ।
इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा रेल ठोक्किएर दुर्घटना हुुँदा ३६ जनाको मृत्यु भएको छ । अनय १ सय २३ जना घाइते भएका छन् ।

उत्तरी तटीय सहर एलेक्जान्ड्रियाको खोर्सिदमा दुईवटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनास्थलमा उद्धारकर्मी उद्धारका लागि खटिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । इजिप्टका रेलमन्त्रीले दुर्घटनाको छानविन गर्न आदेश दिनु भएको छ । बिग्रिएर रोकिएको रेलमा अर्को रेल आएर ठोक्किएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

सन् २०१३ को नोभेम्बरमा इजिप्टको दक्षिणी कायरोमा भएको दुर्घटनापछि यो नै सबैभन्दा ठूलो रेल दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

त्यतिबेला एउटा बस र रेल आपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । इजिप्टमा सन् २००२ मा भएको रेल दुर्घटना सबै भन्दा भयानक मानिन्छ । उक्त दुर्घटनामा ३ सय ७३ जनाको मृत्यु भएको थियो ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया