पाथीभारा गोल्डकपमा आजबाट सेमिफाइनल खेलहरु हुदै

काठमाडौ २८ साउन ।
ताप्लेजुङमा जारी दोस्रो पाथीभारा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज नवप्रयास युथ क्लब ताप्लेजुङ र चर्च ब्वाइज क्लब काठमाडौबीच प्रतिस्पर्धा हुदैछ ।

खेल फिदिमस्थित भानुजन माविको खेल मैदानमा अपरान्ह तीन बजे पछि सुरु हुनेछ । आजको खेलमा दुवै टोली जीत हासिल गर्दै प्रतियोगिताको फाइनल पुग्ने दाउमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सगरमाथाले अब फाइनल प्रवेशका लागि भोली एपिएफ दमकसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफले साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमकलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

१० टोली सहभागी प्रतियोगीताको उपाधि बिजेताले २ लाख ११ हजार नगद हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...