ईटहरी उपमहानगरपालीकामा बाढीका कारण ६ जनाको मृत्यु ,सर्वसाधारण घर बाहिर निस्कन सकेनन् (फोटो/भिडियो सहित)

सुनसरी, साउन २८ ।
सुनसरीको इटहरी उपमहानगरपालीकामा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एकजनाको मृत्यु भएको हो ।
बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको भएकोे इलाका प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।
यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ । तीनदिनदेखि जारी अबिरल बर्षाका कारण अहिले पनि स्थानीयहरु घर बाहिर निस्कन नसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।


आज रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अबरुद्ध छ । सडक पूरै बाढीले ढाकेर गाडी चल्न सकेका छैनन् ।

बाढीले इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुबानमा परेको छ । नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारमा जुटेको छ ।


उता लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढी रहेको छ । बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।
सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् ।

यसैबीच तीनदिन देखि लगातार परेको बर्षाका कारण आएको बाढिले पूर्वका झापा ,मोरङ र सप्तरीका हजारौ घर डुवानमा पर्नुका साथै केह घर समेत बगाएको छ ।

झापाको रतुवा , कन्काई , मेचि ,बिरिङ ,अदुवा , घाग्रा खोलामा आएको बाढीले १ हजार भन्दा बढी घर डुवानमा परेको छ । कन्काई खोलामा आएको बाढीले गौरिगन्ज गाउँपालिका १ स्थित निर्माणधिन कन्काई पुल निर्माणमा खटिएका २० जना मजदुर जोखिममा परेका छन् ।

चारैतिरबाट बाढीले घेरेपछि उनीहरुको उद्धारमा समेत कठिनाई भएको छ । बिरिङखोलामा आएको बाढीले झपा र बाह«दशश्ी गाउँपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन् भने झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्डामोड बजार पनि जलमग्न भएको छ ।

पूर्व पश्शिचम राजमार्ग समेत अबरुद्ध भएको छ भने बाढीका कारण बिद्युत सेवा बन्द हुदाँ अधिकाशं स्थान सन्चार सम्पर्क बिहिन भएका छन् । यस्तै मेची खोलामा आएके बाढीका कारण भद्रपुर नगरपालीकाका सय बढी घरहरु डुबानमा परेका छन् ।

फोटो/भिडियो : लक्षमण कार्की , सन्तोष बिष्ट

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया