धर्म र विज्ञानका कुरा


  • वीर सिह धामी

उन्नाइसौं शताव्दीको मध्यसम्म आईपुग्दा विज्ञानले धेरै कुरामा सफलता हासिल गर्‍यो ।धेरै थाहा हुन नसकेका ‘रहस्यमयी’ लाग्ने कुरा र मानिसको कल्पनामा मात्र सिमित असम्भव लाग्ने कुराहरु समेत सम्भव हुन थाले ।वैज्ञानिकहरु पुरा विश्व ब्रम्हाण्ड र जीवनसंग सम्बन्धित सबै कुराहरु गणितीय सुत्रहरुको माध्यमवाट पत्ता लगाउन सकिन्छ भन्नेमा विश्वास गर्न पुगे । धुरन्धर गणितज्ञ लाप्लास त यदि केही गरी कुनै पनि घटनाको वर्तमान ‘अवस्था र स्थान’ पत्ता लगाउन सकियो भने गणितीय सुत्रको माध्यमबाट जुनसुकै कुराको पनि ‘भविश्य’ बताउन सकिने कुरामा दृढनिश्चित थिए ।यति मात्रै होइन उनी त पुरै विश्व ब्रम्हाण्डको भविश्य पत्ता लगाउन सकिनेमा बिश्वस्त थिए । विज्ञानले पाएको यस सफलताले हजारौं वर्षदेखी मानवले जीवन र जगत सम्वन्धीका धेरै कुराहरुमा धर्म र दार्शनिकहरुले गरेका व्याख्या र विश्वासमा चुनौति थपिदियो ।जस्तो ग्यालिलियो र न्युटनले गुरुत्वाकर्षणको नियम र गति सम्वन्धी समिकरण पत्ता लगाए पश्चात करिब दुइ हजार वर्षदेखि मानवले विश्वास गर्दै आइरहेको अरिस्टोटलको दृष्टिकोण काम नलाग्ने सावित भयो ।अरिस्टोटल ‘कुनै पनि बस्तु पृथ्वीसित टास्सिन मन पराउछन् त्यसैले पृथ्वीतिर खस्छन्’ भन्ने कुरामा विश्वस्त थिए भने ‘गतिमा रहेको कुनै पनि वस्तु थाकेपछी उसको गति ढीला वा बन्द हुन्छ’ भन्ने मान्यता राख्दथे ।

बादरबाटै मानिस भएको भए अहिले सम्म पनि बादर किन छन् त ? अर्थात सवै वादर किन मानिस हुन सकेनन् त ? भन्ने कुरामा डार्विनको सिद्धान्तले उही प्राकृतिक छनौटको कुरा, क्रमविकास हुनको लागि सवै परिघटनाहरु अर्थात ‘सम्भावना’ मिल्नुपर्ने कुरा गर्छ । त्यसैले कसै कसैले विज्ञानमा कित त ‘दुर्घटना (एक्सिडेन्ड)’ हुन्छ कि ‘सम्भावना (पसिवलिटी)’ हुन्छ भन्ने गर्दछन् ।तर र्‍याण्डम नेचुरल एक्सिडेन्ट बाट चेतनशील जीवको उत्पत्ती हुनसक्ने सम्भावनालाइ नोबेल पुरुस्कार बिजेता भौतिकशास्त्री चार्ल्स एच टाउन्स भने विश्वास गर्न हिच्किचाउछन् ।

यो समयमा आएर धर्म र विज्ञान विच एक आपसमा द्वन्दको जस्तै अवस्था सृजना भयो । विज्ञानले सबैकुराको रहस्य पत्ता लगाउन सकिने कुरामा विश्वास गर्न थाल्यो भने विज्ञानइतरका कुराहरुको आधिकारिकतामाथि प्रश्नचिन्ह खडा हुने अवस्था आयो। चार्ल्स डार्विनले क्रमविकासका सिद्दान्त प्रतिपादन गरे पश्चात त जे पनि कुराहरु कुनै अनियमित तरिकाले घट्ने घटना (र्‍याण्डम नेचुरल एक्सिडेन्ट) बाट उत्पन्न हुने र विस्तारै विकास गर्दै जाने मान्यताले जरो गाड्न पुग्यो ।अर्थात जे पनि कुराको कारण वा अवस्था पत्ता लगाउन सकिन्छ भन्ने ‘डिटरमिनिस्टिक’ मान्यता बलियो भयो । पदार्थ नै सबैथोक हो भन्ने १९औं शताव्दीमा प्रतिपादित मार्क्सवादी सिद्धान्त यही विश्वासको परिणाम थियो ।धार्मीक विश्वास अनुसार ‘कुनै सुपरपावर अथवा भगवानले सृष्टिको रचना गर्नुभएको हो’ भन्ने कुरा हास्यास्पद हुन थाल्यो । पुर्नजन्म हुन्छ भन्दा रुढीवादी, पुरातनवादी, अवैज्ञानिक कहलिने तर डार्विनले ‘हजारौ वर्ष को क्रमविकास पछि बादर नै मानिस भएको’ भन्दा वैज्ञानिक भइने अवस्था आयो । नाम जे दिएपनि, वादरबाट हजारौ वर्ष लगाएर मानिस सम्म आइपुग्दा लाखौ जुनी पार गरेको कुरालाइ ‘पुर्नजन्म’ भएको भन्दा अहिले पनि विश्वास गरिहाल्ने अवस्था छैन । बादरबाटै मानिस भएको भए अहिले सम्म पनि बादर किन छन् त ? अर्थात सवै वादर किन मानिस हुन सकेनन् त ? भन्ने कुरामा डार्विनको सिद्धान्तले उही प्राकृतिक छनौटको कुरा, क्रमविकास हुनको लागि सवै परिघटनाहरु अर्थात ‘सम्भावना’ मिल्नुपर्ने कुरा गर्छ । त्यसैले कसै कसैले विज्ञानमा कित त ‘दुर्घटना (एक्सिडेन्ड)’ हुन्छ कि ‘सम्भावना (पसिवलिटी)’ हुन्छ भन्ने गर्दछन् ।तर र्‍याण्डम नेचुरल एक्सिडेन्ट बाट चेतनशील जीवको उत्पत्ती हुनसक्ने सम्भावनालाइ नोबेल पुरुस्कार बिजेता भौतिकशास्त्री चार्ल्स एच टाउन्स भने विश्वास गर्न हिच्किचाउछन् । उनका अनुसार, चेतनशिल अनि स्वचालित प्रतिकृति (सेल्फ रेप्लिकेसन) हुनसक्ने जीवको उत्पत्ती हुन सबै आवश्यक शर्तहरु पुरा हुने गरि कम्तिमा पनि तीसवटा एमिनो एसिड मिल्नुपर्ने हुन्छ ।यदी हामीले यो पुरै पृथ्वी विविध एमिनो एसिडहरुको तीन फिट मोटो पर्तले ढांकिएको मान्ने हो भने सामान्य एककोषिय जीवको उत्पत्ती हुन (तीसवटा एमिनो एसिडहरु आपसमा मिल्न सक्ने सम्भावना) करिब दश अर्ब वर्षदेखी वीस अर्ब वर्ष समय लाग्न सक्ने अनुमान गरेका छन् ।अत: कुनै प्राकृतिक एक्सिडेन्टबाट जीवनको सृजना हुनसक्ने सम्भावना एकदमै न्यून देखिन्छ ।त्यसै गरी जीवनले भोग्नुपरेका दु:ख, पिडा, घृणा, द्बेश, हासो, खुशी, प्रेममा हुदाको अनुभव, प्रकृतिको सुन्दरता आदी कुराहरु कुनै गणितीय सुत्रहरु अथवा भौतिक विज्ञानका सिद्धान्तहरुले अहिलेसम्म पनि ब्याख्या गर्न सकेको छैन ।

कुनै प्राकृतिक एक्सिडेन्टबाट जीवनको सृजना हुनसक्ने सम्भावना एकदमै न्यून देखिन्छ ।त्यसै गरी जीवनले भोग्नुपरेका दु:ख, पिडा, घृणा, द्बेश, हासो, खुशी, प्रेममा हुदाको अनुभव, प्रकृतिको सुन्दरता आदी कुराहरु कुनै गणितीय सुत्रहरु अथवा भौतिक विज्ञानका सिद्धान्तहरुले अहिलेसम्म पनि ब्याख्या गर्न सकेको छैन ।

विज्ञानको अहिले सम्मको स्विकृत सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ती करिब १४ अर्ब वर्ष पहिले अचानक एउटा ठुलो बिष्फोट (बिग ब्याङ) बाट भएको र  यसको अन्त हुने कुरामा पनि विश्वास गरिन्छ ।तर धार्मिक मान्यता अनुसार यो सारा ब्रह्माण्डको सृष्टि ‘र्‍याण्डम’ रुपले घटित हुने घटनाबाट नभइ कुनै ‘सुपर नेचुरल पावर’ ले नियमसंगत तरिकाले सृष्टि गरेको र उहाँकै निर्देशन अनुसार अनन्त कालसम्म चक्रीय रुपमा चलिरहन्छ । वेदान्तमा उल्लेख भएअनुसार, ब्रह्माण्डको उत्पत्ती शुन्यवाट नभइ यसको एकदम सुक्ष्म अवस्थाबाट भएको हो ।जसरी वीउ रुख भएर जमिन बाहीर नदेखिन्जेल सम्म रुखको अस्तित्व नभएको भान हुन्छ त्यसै गरि आफ्नो अत्यन्त सुक्ष्म अवस्थामा रहेको वेला ब्रह्माण्डको पनि त्यस्तै अवस्था हुन्छ । यस्तो अवस्थालाइ वेदान्तमा ‘ब्रम्ह’ अवस्था भनेको छ । रुखको लागि वीउ एकदम सुक्ष्म अवस्था हो भने वीउको लागि रुख बृहत (ग्रस) अवस्था हो । जसरी वीउबाट रुख र रुखबाट वीउ सम्म एक चक्र पुरा हुन्छ र यो क्रम चलिरहन्छ त्यसै गरि ब्रह्माण्डको पनि सुक्ष्म रुप र बृहत रुप चक्रिय रुपमा चलिरहन्छ । यो अवधिलाइ संस्कृत भाषामा ‘कल्प’ भनिएको छ ।यसरि विज्ञानले बिग व्याङ भन्दा पुर्वको अवस्था के थियो भन्न असमर्थ देखिन्छ । यसका साथै एकदम ‘र्‍याण्डम’ पाराले उत्पन्न भएको बिग व्याङ त्यसको केही समयपछी किन एकदम नियमित तरिकाले अगाडि बढ्यो त? भन्ने कुराको जवाफ पनि विज्ञानले दिन सकेको देखिदैन । जस्तो: पृथ्वीले एकैछिन एक्कासी आफ्नो गति बन्द गरिदिने हो भने यसमा भएका जीवजन्तु हुत्तिएर कहाँ पुग्लान? सुर्य र पृथ्वीको दुरी अलिकति पनि अहिलेको भन्दा कम भएको भए जीवनको शुरुवात हुन सम्भव हुने थियो कि थिएन? गुरुत्वाकर्षण बलको मात्रा अलिकति कम भएको भए के हुन्थ्यो? जस्ता कुराहरुको जवाफ ‘अनियमित तवरले घट्ने सम्भावनायुक्त घटनाहरु’ मा आधारित वैज्ञानिक सिद्धान्तहरुले दिन सकेको देखिदैन ।

विज्ञानले पनि केही कुरामा विश्वास गर्छ र समयक्रममा त्यो गलत, सहि वा परिवर्तन हुन्छ । धर्मले गर्ने विश्वासमा पनि यसरि नै परिक्षण गर्ने हो भने यो पनि परिमार्जन हुदै जाने सम्भावना रहन्छ ।अहिलेका चर्चित भौतिकशास्त्री मिचियो काकुले मानवको दिमाग र चेतनालाइ कम्युटर/चिप्समा सार्न सकिने र स्याटेलाइट जस्तै कुनै यन्त्रमा राखेर ब्रह्माण्डको अध्ययन प्रत्यक्ष रुपमा गर्ने सकिने कुरामा विश्वास गर्दछन् भने हाम्रा धार्मीक पुस्तकहरुमा वर्णित योगीहरुले ध्यान र योगको माध्यमबाट नै पुरै ब्रह्माण्डको अवलोकन गर्न सकिने कुरामा विश्वस्त देखिन्छन् ।

विज्ञानले धर्मलाइ लगाएको अर्को आरोप चाही धर्म विश्वासमा आधारित हुन्छ भन्ने हो । धर्ममा विज्ञानको जसरी कुनै पनि कुरा प्रयोगबाट सिद्ध गर्न सकिदैन भन्ने हो । तर यस कुरामा भौतिकशास्त्री चार्ल्स टाउन्स भन्नुहुन्छ: “धर्मले अवलोकन (अब्जरभेसन) गर्दछ अनि विज्ञानले प्रयोग गर्दछ । तर अन्तत्वगत्वा विज्ञान पनि विश्वासकै आधारमा चल्छ ।वैज्ञानिकहरु दशकौंसम्म पनि कुनै कुराको खोजमा लाग्न सक्ने कारण नै उनीहरुले गर्ने विश्वास हो ।” जस्तो : प्रकाश साना साना कणहरुले बनेको हुन्छ या तरंग को रुपमा हुन्छ भन्ने कुराले वैज्ञानिकहरुलाइ दशकौंसम्म अन्यौलमा राख्यो । उन्नाइसौ शताव्दीमा गरेको प्रयोगबाट वैज्ञानिकहरुले प्रकाश तरंग हो भनेर प्रमाणित गरे । तरंगको प्रवाहको लागि कुनै न कुनै माध्यमको जरुरत पर्छ भन्ने विश्वासको कारण ‘इथर’ को कल्पना गरे तर जति गरेपनि इथरको उपस्थिती प्रमाणित गर्न नसकेपछी यो विश्वास काम नलाग्ने भयो । बिसौं शताव्दीको शुरुवाती दिनमा गरेको प्रयोगले बैज्ञानिकहरुले प्रकाश तरगंको रुपमा नभइ कणैकणहरुको ‘बिम’ को रुपमा भएको पाए । यसले झन समस्या थपिदियो। पछी सन् १९२० को दशकमा “प्रकाश कण पनि होइन तरंग पनि होइन यो दुवै हो” भन्ने कुरामा सबै विश्वस्त भए । यसका साथै यही समयमा आएर ‘संसारका सबै कुराहरु विज्ञानले पत्ता लगाउन सक्छ’ भन्ने विश्वासमाथि पनि ठूलो धक्का लाग्यो । हाइजेनबर्बले अनिश्चितताका सिद्धान्त (अनसर्टेन्टी प्रिन्सिपल) ल्याएपछी कुनै पनि कणको या त गतिलाइ सहि तरिकाले पत्ता लगाउन सकिने देखियो या त ‘अवस्था(पजिसन)’ लाइ सहि तरिकाले पत्ता लगाउन सकिने कुरा प्रमाणित भयो । दुवै कुरालाइ एकसाथ सहि तरिकाले पत्ता लगाउन असम्भव देखिएपछी लाप्लासले पुरै ब्रह्माण्डको भविश्य पत्ता लगाउन सकिने कुरामा गरेको विश्वास गलत साबित भयो । यसरी के देखिन्छ भने विज्ञानले पनि केही कुरामा विश्वास गर्छ र समयक्रममा त्यो गलत, सहि वा परिवर्तन हुन्छ । धर्मले गर्ने विश्वासमा पनि यसरि नै परिक्षण गर्ने हो भने यो पनि परिमार्जन हुदै जाने सम्भावना रहन्छ ।अहिलेका चर्चित भौतिकशास्त्री मिचियो काकुले मानवको दिमाग र चेतनालाइ कम्युटर/चिप्समा सार्न सकिने र स्याटेलाइट जस्तै कुनै यन्त्रमा राखेर ब्रह्माण्डको अध्ययन प्रत्यक्ष रुपमा गर्ने सकिने कुरामा विश्वास गर्दछन् भने हाम्रा धार्मीक पुस्तकहरुमा वर्णित योगीहरुले ध्यान र योगको माध्यमबाट नै पुरै ब्रह्माण्डको अवलोकन गर्न सकिने कुरामा विश्वस्त देखिन्छन् ।

धर्म र दार्शनिकहरुको भागमा परेको तर विज्ञानले वास्ता नगरेको अर्को कुरा हो चेतना (कन्सेसनेस) ।धर्ममा चेतना प्रधान भनेको छ तर विज्ञानले भने चेतना केही इलेक्ट्रोन, प्रोटोन लगायतका कणहरुको र्‍याण्डम संयोजनबाट हुनसक्ने र यो सम्बन्धी सबै कुरा थाहा पाउन सकिनेमा विश्वस्त भयो । तर अहिले भने चेतना के हो ? भन्ने कुराले विज्ञानलाइ सबैभन्दा ठूलो चुनौति दिएको छ ।विज्ञानले पदार्थ (म्याटर) ले चेतनाको निर्माण गर्दछ भन्नेमा विश्वास गर्‍यो । तर केहि इलेक्ट्रोन, प्रोटोन लगायतका कणहरुको अचानक एक ठाउमा आएर भएको संयोजनमा कसरि चेतनाको सृजना हुन्छ भन्ने कुरा भने विज्ञानले अहिलेसम्म वताउन सकेको छैन । वेदान्त र गितामा चेतनाकै कारण यो वास्तविक जस्तो लाग्ने विश्व ब्रह्माण्डको अस्तित्व रहेको कुरा छ । यही कुरा अहिलेका सबैभन्दा सम्मानित र चर्चित वैज्ञानिक रोवर्ट लान्जाले आफ्नो ‘बायोसेन्ट्रिज्म’ सिद्धान्तद्वारा व्यक्त गरेका छन् ।उनले आफ्नो चर्चित पुस्तक ‘बायोसेन्ट्रिज्म’ मा ‘चेतना र जीवनले नै यो ब्रह्माण्डको सृष्टि गरेको’ कुरा उल्लेख गरेका छन्।यसका साथै उनले चेतना नहुदो हो त अहिले विश्वास गरेजस्तो ‘स्पेस-टाइम’ वा ‘वास्तविकता’ जस्ता केही पनि कुराको अस्तित्व नहुने कुरा उल्लेख गरेका छन्। उनले ‘जवसम्म ‘जीवन र चेतना’ विज्ञानको कुनै पनि सिद्धान्तमा समावेश हुदैन त्यो कुनै पनि सिद्धान्त पूर्ण नहुने र त्यसले समस्याको समाधान पनि नदिने कुरा’ जर्बजस्त रुपमा राखेका छन् । यसरी हेर्दा धर्म र विज्ञान अबका दिनहरुमा पहिले जस्तो विपरीत धुर्व जस्तो भएर होइन कि एक आपसमा मिल्ने सम्भावना नै प्रवल देखिन्छ ।

( लेखक सिचाइ विभागका सिनियर डिभिजन इन्जिनियर हुन् )

शुक्र, चैत्र ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार