४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ, माघ १।
काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले आज विहान सवा दुई बजे नागढुंगामा उक्त स्कार्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर बरामद भएको छ ।

त्यसैगरी १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिकहरु बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कार्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेका बेला नागढुंगामा पक्राउ परेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शनि, माघ १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter