मोरङमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौ २९ पौष ।  मोरङमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै भएको सडक दुर्घटनामा विराटनगर–८ का ३५ वर्षीय मनिस दुगडको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दक्षिणतर्फ जाँदै गरेको बा १ ग १८७३ नम्बरको सशस्त्र प्रहरी बलको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को १ त ६५८४ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक दुगडको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

शुक्र, पुस २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया