व्यापार सहजीकरण सम्झौता अनुमोदित

काठमाडौँ, २९ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकले व्यापार सहजीकरण सम्झौता’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

वाणिज्यमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले नेपाल परिवार दलका एकनाथ ढकाललाई सार्वजनिक लेखा समितिका सदस्यमा थप गर्ने प्रस्तावप्रति सहमति जनाएको छ । सभामुख ओनसरी घर्तीले सो सम्बन्धी प्रस्ताव गर्नुभएको थियो ।

शुक्र, पुस २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार