भोलीदेखि साझा यातायातमा २० प्रतिशत छुट

काठमाडौ २९ पौष ।  

काठमाडौ महानगरपालिकाद्धारा सन्चालित साझा यातायातले भोलीदेखि लामो दुरीमा चल्ने सवारी साधनमा २० प्रतिशकत छुटको व्यस्था गरेको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै उपत्यका बाहिरका काठमाडौंबाट वीरगन्ज, भैरहवा र पोखरा–बागलुङ रुटमा चल्ने सवारी साधनमा २० प्रतिशत भाडा घटाएको हो ।

सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट दिनेगरी भाडा समायोजन गरिएको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ कायम गरिएको भाडादर अनुसार काठमाडौंदेखि वीरगन्जसम्म यसअघिको रु ४९० बाट घटाएर रु ३९२, भैरहवाको रु ५१० बाट रु ४०८ र पोखराको रु ३९० बाट रु ३१२ कायम गरिएको छ ।

यस्तै साझाले दसैंको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा यातायात सेवा सुरु गरेकोमा काठमाडौंदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणबस हालका लागि स्थगित गरिएको जनाएको छ ।

साझाले उपत्यका बाहिरका चार रुटमा आठओटा बस सन्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।

साझाले २०७० वैशाखदेखि १६ ओटा र २०७३ मंसिर १२ गतेदेखि ३० ओटा समेत गरी ४६ ओटा बस मार्फत् काठमाडौं उपत्यकामा पनि सेवा र्पुयाउँदै आएको छ ।

शुक्र, पुस २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...